| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलिकोट गाउँपालिकाद्वारा गत वर्षको कामको समिक्षा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गत वर्ष गरेका कामको समिक्षा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा भए गरेर कामको समिक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले बताए ।


‘गत वर्ष भएका काम, देखिएका समस्या, चालु वर्ष कसरी समस्या समाधान गर्ने भन्ने विषयमा छलफल भयो’ प्रमुख प्रशासकिय अधिकृत आचार्यले भने । आईतवार र सोमवार दुईदिन संचालन गरिएको तेस्रो चौमासिक तथा वार्षिक प्रगती समिक्षा कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु,वडा सचिवहरु, गाउँपालिका उपाध्यक्ष, अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।


शाखा प्रमुखहरुले गत वर्षको कामको अवस्थाका बारेमा जानकारी गराएका थिए । गत वर्ष राखेको लक्ष्य र उपलब्धीको बारेमा छलफल भएको प्रमुख प्रशासकिय अधिकृत आचार्यले बताए । समिक्षाबाट आगामीदिनमा कसरी अघि बढ्ने भन्ने सहज भएको उनले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, अध्यक्ष बिष्णु भट्टले सुझाब सहित भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्