| सोमवार, कार्तिक २३, २०८३

नेविसंघको ५३ औँ स्थापना दिवसको अवसमा गुरुकुलकमा स्टेशनरी र खाद्य सामाग्री हस्तान्तरण

दरौदी : नेपाल विद्यार्थी संघ(नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुलका विद्यालयलाई स्टेशनरी सामग्री र खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेविसंघ गोरखाद्वारा मंगलबार एक कार्यक्रमका बीच संघको स्थापना दिवसको अवसरमा उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

स्थापना दिवसको अवसरमा हरेक वर्ष झैँ यसबर्ष पनि गुरुकुललाई स्टेशनरी सामाग्री र खाद्य सामाग्री हस्तान्तरण गरिएको नेविसंघ गोरखाका सभापति सुवास अधिकारीले जानकारी दिए । उनका अनुसार २०२७ साल वैशाख ६ गते नेविसंघ स्थापना भएको थियो

प्रतिक्रिया दिनुहोस्