
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुनको तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार तेजावी सुनको मुल्य तोलाको एक लाख रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ।
आज चाँदी एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




