| मङ्लबार, कार्तिक २४, २०८३

महिलाहरुलाई फेसन डिजाईनर सिलाई तालिम

गोरखा नगरपालिकाको सहयोगमा गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति गोरखाले महिलाहरुका लागि ४५ दिने फेसन डिजाईनर सिलाई तालिम दिएको छ । तालिममा २० जना सहभागी छन् । मनिता थापाले उनीहरुलाई फेसन डिजाईन सिलाईको प्रशिक्षण दिनेछिन् । महिला उद्यमी विकास समितिकी अध्यक्ष शुसिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव जुना सुनारले सहजिकरण गरेकी हुन् ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जीवनज्योति श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के लगायतले धारणा राखेका थिए । सहभागीलाई तालिम लिएर ब्यवशायिक वन्न उनीहरुले सुझाव दिएको महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्