| मङ्लबार, कार्तिक २४, २०८३

जनमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न


गोरखा नगरपालिका वडा नं ७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी सँस्थाको(सहकारी पसल)को आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।


सँस्थाका अध्यक्ष कपिलबाबु अर्यालको अध्यक्षतामा र वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा प्रमुख अतिथि श्रेष्ठ, शेयरसदस्य राजकुमार श्रेष्ठ, पूर्व सञ्चालक पूर्णमाया वन्त निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ, वडानं ११ का वडाथ्यक्ष एवं शेयर सदस्य रामबहादुर खड्कालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


सभामा सँस्थाका कर्मचारी सुनिता तमाङलाई नगद र प्रसंसापत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्