| सोमवार, कार्तिक २३, २०८३

सांसद दवाडीद्वारा पाँचखुवा देउरालीको एक विद्यालय र मन्दिरलाई आर्थिक सहयोग



गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द दवाडीले सांसदबापत पाउने तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्चगर्ने क्रममा आइतबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।


बारपाक सुलीकोट गाउँपालिका ७ को एक विद्यालय र मन्दिरका लागि सो आर्थिक सहयोग गरिएको सांसद दवाडीले जानकारी दिए ।
स्थानीय मण्डली आधारभूत विद्यालय भवन निर्माण गर्न जग्गा खरिदका लागि २५ हजार र मन्दिर निर्माणका लागि आफ्नो तर्फबाट यथासक्य २५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्