| सोमवार, कार्तिक २३, २०८३

अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तारा गुरुङ

उत्तरी गोरखाका स्थानीयहरुद्धारा काठमाडौमा संचालित अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट तारा गुरुङको अध्यक्षतामा नयाँ संचालक समिति गठन भएको छ ।

उपाध्यक्षमा राम बहादुर गुरुङ, सचिवमा इत्ता गुरुङ, कोषध्यक्षमा सुरेश गुरुङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा आम बहादुर गुरुङ, सन्त बहादुर गुरुङ र विरवल घले चयन भएको संस्थाले जनाएको छ ।

त्यस्तै सोलि भेलाले राजु गुरुङको संयोजकमा लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा मुलाल गुरुङ र डिल बहादुर गुरुङ रहेका छन् ।

पुर्व शहरी विकास राज्यमन्त्री छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्