
नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघद्वारा पराजुली सम्मानित
गोरखा आरुपोखरी स्थायी घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका राजेन्द्र पराजुली सम्मानित भएका छन् ।
शनिबार सम्पन्न नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको तेह्रौँ साधारण सभामा उनलाई उत्कृष्ठ व्यवसायीको रुपमा सम्मानित गरिएको हो ।
‘नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघमा आवद्ध रही विगत १८ बर्षदेखि उनी फेल्ट उद्योग क्षेत्रमा अनवरत रुपमा काम गर्दै उल्लेखनीय योगदान पु¥याउनु भएकामा उनीफेल्ट उत्पादक तथा निर्यात संघको तेह्रौँ साधारण सभामा तपाईलाई उत्कृष्ठ आपूर्तिको सम्मानपत्र प्रदान गरिएको छ’, सो सम्मान पत्रमा भनिएको छ ।
पराजुली समाजसेवी तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष समेत हुन् ।




