
गोरक्षनाथ वैदिक गुरुकुललाई न्यानो कपडा प्रदान
गोरखा नगरपालिका वडा नं ६ मा रहेको गोरक्षनाथ वैदिक गुरुकूल विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले बुधबार गुरुकुललाई कपडा हस्तान्तरण गरेको हो ।
संघको १४ औँ राष्ट्रिय निर्माण दिवशको अवसरमा न्यानो कपडा उपलब्ध गरिएको संघ कार्यालय सचिव उमेश अर्यालले बताए । अहिले चिसो मौसम रहेको र जाडोबाट बच्न गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाई सजिलो होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संघले जनाएको छ ।
कार्यक्रममा गुरुकुलका विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबहादुर श्रेष्ठ, निर्माण व्यवसायी संघ गोरखाको अध्यक्ष बाबुराम श्रेष्ठ, उपाध्यक्ष राजुबाबु लामिछाने, महासचिव सूर्य भण्डारी संघका सदस्यहरु लगायतको सहभागितामा रहेको थियो ।




