| सोमवार, कार्तिक २३, २०८३

धार्चे गाउँपालिका ५ र ७ मा वडास्तरीय बाल अधिकार समिति गठन

गोरखाको धार्चे गाउँपालिकामा वडा स्तरीय बाल अधिकार समिति गठन भएको छ । धार्चे गाउँपालिकाको आयोजना र गुड नेबर्स इन्टरनेशनल नेपाल, पद्धति विकास सेवा केन्द्र गोरखाको समन्वयमा वडा स्तरीय बाल अधिकार समिति गठन भएको हो ।


वडा स्तरीय बाल संरक्षण समिति गठन तथा अभिमुखीकरण कार्यक्रमको अवसरमा बाल अधिकार समिति गठन गरिएको धार्चे गाउँपालिका बाल विवाह न्यूनीकरण सदभावना दुत एलिजा गुरुङले जानकारी दिइन् । उनका अनुसार हालसम्म गाउँपालिका भित्रका वडा नं. ५ गुम्दा र वडा नं ७ लापुमा समिति गठन गरिएको छ ।


वडा नं ७ लापुमा कार्यवाहक वडा अध्यक्ष सरिता गुरुङको संयोजकत्वमा बाल अधिकार समिति गठन गरिएकोछ । समितिको सदस्यहरुमा कविता सुनार(वडा सदस्य), सुमन कुमाल(शिक्षक), रामचन्द्र गुरुङ, सुर्यमान गुरुङ, सुशिला गुरुङ(छात्रा–पालिका), सुसान सुनार(छात्र–पालिका), रमेश गुरुङ राम गुरुङ, दल बहादुर गुरुङ, दिपेश गुरुङ, रुपा गुरुङ, ममता गुरुङ ममता केसी(वडा सचिव) रहेका छन् ।


त्यस्तै, वडा नं ५ गुम्दामा वडा अध्यक्ष तुलबहादुर गुरुङको संयोजकत्वमा आठ सदस्यीय बाल अधिकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा कर्ण माइला गुरुङ(वडा सदस्य), अनर्ता गुरुङ(वडा सदस्य), सुनिल गुरुङ(शिक्षक), सचिन गुरुङ, छम बहादुर गुरुङ, छतमाया गुरुङ र अरुण पौडेल(वडा सचिव) रहेका छन् ।


पछिल्लो समय पनि धार्चेमा बालविवाह बढिरहेकाले न्युनीकरणका लागि समाधानका उपायहरु खोजी गर्नुपर्ने लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा बालअधिकारकर्मी कमल श्रेष्ठ, धार्चे गाउँपालिका बाल विवाह न्यूनीकरण सदभावना दुत एलिजा गुरुङ, गुड नेबर्स को नवराज राना लगायत वडाका पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्