
गण्डकी प्रदेश सरकारले गम्भीर रोग लागेका विरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने
गोरखा । गण्डकी प्रदेश सरकारले गम्भीर रोग लागेका विरामीलाई औषधी उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले गत कात्तिक २९ गते बसेको वैठकले सो निर्णय गरेका हुन् । आर्थिक सहायतका लागि कार्यविधि बनिसकेको सरकारका प्रवक्ता कुमार खड्काले बताए ।
‘आर्थिक सहायता अनुसार कार्यविधि बनेको छ । यस अन्तर्गतमा निवेदन परेको २० जना नागरिकलाई १३ लाख ५० हजार रुपैयाँदिने निर्णय गरेका छांै,’ उनले भने, ‘जसमा न्यूनतम५० हजार र अधिकतम् १ लाखको दरले औषधी उपचार खर्च उपलब्ध गराउने निर्णय गरेका छौं ।’
त्यस्तै, कात्तिक २९ मै बसेको मन्त्रिपरिषद बैठकले पोखरालाई देशको पर्यटकीय राजधानी बनाउन नेपालसरकारसँग सिफारिस गर्ने निर्णय गरेको छ । पोखरेली होटल संघ संस्थाहरुलेर समग्र व्यवसायीहरुले पर्यटकीय राजधानी बनाउन अनुरोध गरेपछिप्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।
यसअघि पनि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले संघीय सरकारलाई पर्यटकीय राजधानी घोषण गर्न आग्रह गरेको थियो । प्रवक्ता खड्काले यसअघिको सरकारले गरेको निर्णय भए त्यसैलाई टेकेर अगाडि बढ्ने बताएका छन् ।पर्यटकीय राजधानी बनाउन तयार गर्नुपर्ने पूर्वधारहरु उद्योग पर्यटनमन्त्रालयलाई जिम्मा दिएको खड्काले बताए । ‘पर्यटनका पूर्वाधारहरु, पर्यटनका विकासके के गर्ने,प्रदेश र संघीय सरकाले अधिकार र सीमाहरु के के हुन्छन् भन्ने कार्यविधि बनाउन पर्यटन मन्त्रालयलाई जम्मा दिएको छौं,’ उनले भने ।




