| शुक्रबार, बैशाख १७, २०८३

चुमनुब्री गाउँपालीकामा पहिलो पटक मौरी पालन तालीम

दरौँदी ः जिल्लाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक ब्यवसायिक मौरी पालन तालीम सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष–मनासलु संरक्षण क्षेत्र आयोजना हरियो वन कार्यक्रम द्धारा चुमनुव्री ३ फिलिममा बिहीबार देखि एक हप्ते मौरी पालन तालीम सुरु भएको हो । गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङका् प्रमुख आतिथ्यतामा भएको उक्त तालीमको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

गुरुङले उक्त तालीमबाट सीप सिकेर ब्यवसायिक बन्न तालीमका सहभागिहरुलाई आग्रह गरिन् ।
तालीममा सहभागिको जिविकोपार्जनमा सहयोग गर्न आठ जना छनोट गरी प्रत्येकलाई दुई÷दुई वटा मौरीको आधुनिक घार समेत सहयोग गरिने आयोजनाको संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्