| सोमवार, कार्तिक २३, २०८३

मौरतीद्धारा पत्रकार बानियाँको स्मृतिमा रकम हस्तान्तर

नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारितका अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन् ।


पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा सोमबार नेता मौरतीले १० हजार १५० रुपियाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तर गर्दै मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति भएको स्मरण गरे ।
बानियाँ निर्भिक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले बानियाँको योगदानलाई स्मरण गराउने हुँदा भावी पिढींलाई उनले पु¥याएको योगदानको बारेमा जानकारी लिन मद्धत पुग्ने धारणा राखे ।

युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ ।

पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरेका थिए ।
बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए ।

बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका हुन् । बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय थिए । पत्रकार बानियाँ भानु नगरपालिका–१३ मिलुङमा २०२७ सालमा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्