
ब्यवशायी सित्तलकाजी मास्केद्वारा मानवसेवा आश्रमलाई एक लाख ३१ हजार सहयोग
गोरखाका ब्यवशायी सित्तलकाजी मास्केले मानव सेवा आश्रम गोरखालाई एक लाख ३१ हजार तीन सय ३० रुपैयाँ सहयोग गरेका छन् । मंगलवार आफ्नो जन्मदिनको अवसर पारेर मास्कले उक्त रकम आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
स्थापनाकालदेखि नै आश्रमको अविभाबकको भुमिकामा रहेका मास्कले आफ्नो ब्यबशायबाट भएको नाफाको पाँच प्रतिशत मानव सेवा आश्रमलाई वार्षिक रुपमा दिने घोषणा गरेका थिए ।
उद्योग बाणिज्य संघ गोरखाका पूर्व अध्यक्ष समेत रहेका उनले गोरखामा पेट्रोलपम्प संचालन गर्दै आएका छन् । उनले गत वर्ष करिब दुई लाख रुपैयाँ आश्रमलाई दिएका थिए । यस वर्ष कोरोनाको प्रभावले सवारी साधन नचल्दा आम्दानी र नाफा कम हुँदा सहयोग रकम घटेको उनले बताए ।




