| मङ्लबार, कार्तिक २४, २०८३

दर्बुङ र फुजेलमा १४ परिवारलाई उन्नत जातको बाख्रा बितरण

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३, ४ र फुजेल, दर्बुङमा उन्नत जाताको बाख्रा बितरण गरिएको छ ।

गरिब सँग विशेश्वर कार्यक्रम अन्र्तगत बिपन्न समुहका १४ जना सदस्यलाई बाख्रा बितरण गरिएको कार्यक्रमका जिल्ला समन्वयकर्ता ओमबहादुर गुरुङले बताए ।
सोही ठाउँमा बिपन्न परिवारका २० जना महिला छनौट गरी उनीहरुलाई ७ दिने अगरबत्ती तथा बाटेको धुप बनाउने तालिम समेत दिइएको सामाजिक परिचालक निर्मला अधिकारी बरामले बताईन ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष नबराज श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्