| आइतवार, कार्तिक २२, २०८३

सुनचाँदी व्यवसायी संघद्वारा अस्पताल, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान


गोरखा सुनचाँदी व्यवसायी संघ, गोरखा शाखाले गोरखा अस्पताल, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


आइतबार अस्पतालकी प्रवन्धक लिपासा श्रेष्ठ, प्रहरी प्रमुख एसपी शेखर खनाल र पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।


कोभिड १९ फैलिरहेका बेला अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने हुँदा स्वास्थ्य सामग्री प्रदान गरेको संघका अध्यक्ष पर्व विश्वकर्माले जानकारी दिए ।

सो कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष पर्व विश्वकर्मा, केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, गण्डकी प्रदेश समितिका उपाध्यक्ष कृष्ण विश्वकर्मा, संघका बरिष्ठ उपाध्यक्ष टेकबहादुर बिक, उपाध्यक्ष रेणु बराली, महासचिव राजु बराली, कार्यबाहक कोषाध्यक्ष दयाराम सुनार र सल्लाहकार नारायण सुनारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्