
गोरखाको बिरीमकाली खानेपानीका लागि सरकारद्धारा बजेट बिनियोजन
गोरखा नगरपालिका ११ को बिरीमकाली खानेपानी आयोजना सम्पन्न गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले उक्त लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न बजेट बिनियोजन गरिएको बताए । लामो समयदेखि सुरु भएर सम्पन्न हुन नसकेको उक्त आयोजना सरकारको प्राथमिकतामा परेको हो ।




