
एकिकरण नेपालद्धारा गोरखा अस्पताललाई चार लाख बरावरको सामग्री सहयोग
एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मास्क, एप्रोन, स्क्रप, ग्लोब्स लगायतका सामग्री प्रदान गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देबकोटाले बताए ।
अस्पतालबाट कोभिड संम्बन्धि सन्देश, सुचना, जानकारी टेलिभिजन ४९ इन्च १, एलइडी डिस्प्ले वोर्ड, मल्टी प्लग २ वटा, २ वटा पेनडाइभ, ८ वटा कुर्ची, टेवल, एनएस ९५ मास्क १४५ पिस, ग्लोव्स १००, एप्रोन २०, फेससिल्ड १००, गाउन २५, वायो हाजार्ड व्याग १०, नि ह्याम्मर ५, व्रेन सर्किट १०, रेयर टी पिस १०, ४७ प्रति स्क्रव लगायतको सामग्रीहरु प्रदान गरिएको उनले बताए ।
करिब चार लाख रुपैयाँ बरावरको सामग्री गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेललाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले हस्तान्तरण गरेका हुन् ।
कोभिड बिरुद्धको अभियानमा काम गर्न अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक देबकोटाले बताए ।
उक्त काममा एकिकरण नेपाललाई ह्याण्डिक्याप इन्टरनेशनले सहयोग गरेको थियो ।




