| आइतवार, कार्तिक २२, २०८३

मनकामना बहिरा माविका विद्यार्थीलाई राहत सामग्री प्रदान


लायन्स क्लव अफ काठमाडौँ उपकार, लायन्स क्लव अफ गोरखा र नापी कार्यालय गोरखाका कर्मचारीहरुले मनकामना बहिरा माविका विद्यार्थीहरुलाई खाद्यान्न, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी राहत सामग्री प्रदान गरेका छन् ।


लायन्स क्लव अफ काठमाडौँ उपकार र लायन्स क्लव अफ गोरखाले विद्यालयमा पुगेर त्यहाँ आवासीय रुपमा अध्ययनरत एकसय ११ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेका हुन् । त्यस्तै चामल, दाल, चना, केराउ लगायतका खाद्यान्न सामग्री र मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरेका प्रधानाध्यापक अनील अम्गाईले जानकारी दिए ।


त्यस्तै नापी विभागका सर्भेक्षक महेशबाबु श्रेष्ठ तथा नापी कार्यालय गोरखाका सर्भेक्षक विशाल घले र अमिन विवेकभुषण दाहालले पनि राहत सामग्री प्रदान गरेका छन् ।

विद्यालयमै पुगेर उनीहरुले तीनहजार सातसय थान सर्जिकल मास्क र १२ लिटर सेनिटाइजर प्रदान गरेका प्रअ अम्गाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्