| सोमवार, कार्तिक २३, २०८३

बद्री मास्केको जीवनवृत्तमा आधारित पुस्तक ‘बद्रीदाइ’ प्रकाशन


गोरखाका समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ प्रकाशन भएको छ । घोष्ट प्रकाशनको लेखन तथा सम्पादनमा प्रकाशित बद्री दाइको बिहिबार एक समारोहका बीच साहित्य तथा संस्कृतविद सत्यमोहन जोशीले लोकार्पण गरेका हुन् ।


सो प्रकाशनले विभिन्न क्षेत्रबाट सामाजिक सेवा गरिरहेका मास्केको जीवन वृतान्तको बारेमा बिगत दुईबर्षदेखि अध्ययन तथा लेखन गरिरहेको थियो ।


पाटनको बखुंमबहालस्थित सत्यमोहन लोक साहित्य सदनमा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, लेखनकुन्जका अध्यक्ष कमल ढकाल, बद्रीबहादुर मास्के र उहाँकी धर्मपत्नी चित्रा मास्केले पनि सो पुस्तकको संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले बद्रीबहादुर मास्केको पुस्तक गोरखाको मात्र नभएर समग्र राष्ट्रको भएको बताए । ‘एक मान्छेले निष्ठापूर्वक काम गर्दै जाँदा थाहै नपाई उसको व्यक्तित्व र नेतृत्व सीप बनिरहेको हुँदो रहेछ भन्ने मैले बद्री दाइमा पाएँ, जोशीले पुस्तक लोकार्पण गर्दै भने, ‘यो पुस्तकमा मास्केको जीवन वृतान्त भित्रको ‘ट्राभलग’को बारेमा पनि व्याख्या गरेको छ ।’

कार्यक्रममा लेखनकुन्जका अध्यक्ष कमल ढकालले पुर्खाको इतिहासले पुस्ता बदल्न घोष्ट राइटिङ लागिपरेको भन्दै प्रकाशनको ११३ औँ पुस्तकको रुपमा बद्रीदाइ प्रकाशन भएको बताए ।
कार्यक्रममा बद्रीबहादुर मास्केले घोष्ट राइटिङले आफू र आफूसंग सम्बन्धित सयौँ जनासँग अन्तर्वार्ता गरी तयार पारेको यो पुस्तकले आफूलाई प्रेरणा थपेको बताएका थिए ।


कार्यक्रममा केशव मरहठ्ठा, किरण बाबु श्रेष्ठ, शिव अर्याल, भूमि देवकोटा, गणेशमान श्रेष्ठ, विनोद अर्याल लगायतले बद्री दाइमा चित्रित बद्रीबहादुर मास्केको बारेमा आफ्ना विचार राखेका थिए ।
तीन पुस्ताले नै दाइ भन्ने हुनाले पुस्तकको नाम नै बद्री दाइ राखिएको अध्यक्ष ढकालले बताएका थिए ।
पुस्तक ४५१ पृष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्