| सोमवार, कार्तिक २३, २०८३

शहिदलखन ६ दार्चे स्थित गोठमा आगो लाग्दा चारवटा बाख्रा मर्यो

शहिद लखन गाउँपालिका–६ दार्चेमा स्थानीय नारायण प्रसाद रेग्मीको गोठमा आगलागी भएको छ । मंगलवार राती भएको आगलागीबाट गोठमा रहेका चार वटा माउ बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।
गोठमा रहेको माउ भैसी र पाडोलाइ भने जिउँदै उद्धार गरिएको एसपी शेखर खनालले बताए । कुडो पकाउन गोठमा बालेको आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट टिनले छाएको गोठ जलेर नष्ट भएको छ । करिव पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्