
मस्र्याङ्दीमा अवैध उत्खनन गर्ने एक्साभेटरलाई ४० हजार जरिवाना
मध्यरातमा मस्र्याङदी नदिमा बालुवाको अवैध उत्खनन गर्ने स्काभेटरलाई ४० हजार जरिवाना गरिएको छ ।
आइतवार राती बाह्र बजे गोरखा नगरपालिका–१३ स्थित मस्र्याङदी नदीको किनारबाट वालुवा उत्खनन गर्ने बा १ क ७९८९ नम्वरको स्काभेटरलाइ प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागी गोरखा नगरपालिकालाई पत्राचार गरेको थियो ।
सोमवार कारवाही स्वरुप ४० हजार जरिवाना तिराइएको गोरखा नगरपालिकाका सूचना अधिकारी चेत प्रसाद अम्गाइले बताए । गोरखा नगरपालिकाले अवैध उत्खनन गर्ने, ढुवानी गर्ने साधनलाई २० हजार देखि ४० हजार सम्म जरिवाना गर्दै आएको छ ।




