
बुबाको सम्झनामा बालक देवकोटाद्धारा अक्षयकोष स्थापना
गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बारपाक सुलिकोट ८ ताकु पाल्खुको सूर्य ज्योति माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । देवकोटाले स्वर्गीय बुवा ढकप्रसाद देवकोटाको सम्झनामा स्मृति कोष स्थापना गरेको बताए ।
आइतबार एक कार्यक्रमका विच देवकोटा दम्पतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल गुरुङ्गलाई एकलाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कोषबाट आएको व्याजको रकमले एसईईमा विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार वितरण गरिने विद्यालयका सहायक प्रद्यानाध्यापक बाबुराम नेपालीले बताए ।




