| सोमवार, कार्तिक २३, २०८३

हिमचुली सहकारीद्धारा जेष्ठ सदस्यलाई सम्मान

गोरखा सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले २८ औँ स्थापना दिबसको अवसर पारेर बिभिन्न कार्यक्रम गरेको छ । शनिवार संस्थाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
जानकी देवी आचार्य, गोर्वद्धन आचार्य, नारायणभक्त अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाले असल ऋणि रामबहादुर रायमाझी, मुना मग्राती, विष्णुहरी मरहट्टा र असल बचकर्ता इन्द्रबहादुर बस्नेतलाई सम्मान गरेको सहकारीका अध्यक्ष रामबाबु श्रेष्ठले बताए । शेयर सदस्यका छोराछोरी मध्ये धेरै अंक ल्याउने २४ जनालाई नगद सहित सम्मान गरिएको छ ।
स्थापना दिबसको अवसर पारेर मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको थियो ।

सहकारीको भवन अपाङ्गमैत्री बनाउन ¥याम्प निर्माण गरेको भन्दै एकिकरण नेपाललाई पनि सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण केसी, जिल्ला सहकारी संघका सदस्य सुजन कुँवर, सहकारीका निर्वतमान अध्यक्ष गोर्वद्धन आचार्य, दिलिप देवकोटा लगायतले मन्तब्य राखेका थिए ।
सहकरीले प्रत्येक फागुन १५गते आफ्नो स्थापना दिवस बनाउँदै आएको छ । संस्थाले स्थापना दिवस पारेर शुक्रवार संस्थाको आफ्नै भवन आसपास सरसफाइ तथा अपाङ्गता भएका व्यक्तिहरुका लागी सहकारी शिक्षा एबं अपाङ्गता हकअधिकार सम्बन्धी अन्तक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्