
सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखा उद्घाटन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिवार एक कार्यक्रम गरि गोरखा शाखा उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जिल्ला शाखाको उद्घाटन गरेका हुन् ।
गोरखा शाखा प्रबन्धक हरिहर आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख व्यबसाय अधिकृत सुनिल पोखरेल, क्षेत्रीय शाखा प्रबन्धक छविलाल पौडेल, प्रशिक्षक तथा कम्पनीका सिनियर एजेन्सी मेनेजर टुकबहादुर रानाको बिशेष उपस्थिति रहेको थियो ।
कम्पनीले २ बर्ष अघि २०७५ माघ देखि नै गोरखामा आफ्नो शाखा स्थापना गरि ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आइरहेको भएपनि शाखा कार्यालयको भने शनिवार औपचारिक उद्घाटन गरिएको शाखा प्रबन्धक हरिहर आचार्यले बताए ।
यस कम्पनीमा प्रतिस्पर्धि बजार र ग्राहकको आबश्यकता अनुसारको बीमा योजनाहरु भएको बताउँदै शाखा प्रबन्धक आचार्यले कम्पनीले २० वटा घातक रोगको लागि ५० लाख सम्म उपचार खर्च, दुइगुणा बीमाङ्क सुबिधा, ९० वर्षसम्म जोखिम बहन गर्ने जिबन सारथी योजना ग्राहकको बढि रोजामा परेको बताए । यसले अब छिटै सर्वसाधारण को लागि ७५ लाख कित्ता आइपिओ पनि निस्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
शाखा कार्यालय उद्घाटन सँगै शनिवार नै गोरखाको होटल बिसौनीमा एजेन्सि सम्मान तथा पुनर्ताजकी कार्यक्रम भएको छ । १२० जना लिडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न बिधामा लिडरहरुलाई सम्मान गरिएको शाखा प्रबन्धक आचार्यले बताए ।




