| आइतवार, कार्तिक २२, २०८३

कहिले बन्छ त नाम्रुङ, रुईला सडक ?

काठमाडौँको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य र दुवई सहर निर्माण कार्य एउटै समयमा सुरु भएको भनिन्छ ।
दुबई सहर निर्माण सम्पन्न भएर अहिले विश्वका अति विकसित सहरलाई चुनौति दिनसक्ने अबस्थामा छ । तर हाम्रो मेलम्ची खानेपानी योजना अझै बनिसकेको छैन ।
हाम्रा देशको सरकार, हाम्रा देशका मन्त्री, नेता कस्ता छन् भनेर देखाउन यही एउटा उदाहरण पर्याप्त छैन र ?
मेलम्ची आयोजना सुरु भएपछि अर्थात २०४७ सालपछि नेपालमा अहिले नाम चलेका शीर्ष नेता को प्रधानमन्त्री भएन र ? गिरिजाप्रसाद, शेरबहादुर, सूर्यबहादुर, किर्तिनिधि, माधव नेपाल, झलनाथ, प्रचण्ड, बाबुराम, केपी ओली दोहो¥याएर, तेहे¥याएर, चार, पाँचफेरसम्म प्रधानमन्त्री बनिसके । तर कसले बनायो मेलम्ची ?
अहिले बूढीगण्डकीको हालत त्यही छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बूढीगण्डकी जलविद्युत आयोजना आठबर्षभित्र बनाइसक्ने भनेका थिए । त्यसअनुसार करिब ४० अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ । तर यो आठ बर्षभित्र आयोजनाको सिलान्यास पनि भएको छैन ।
फेरि प्रदेश सरकारले अर्को घोषणा ग¥यो, गोरखाको नाम्रुङदेखि तिब्बतको सीमाना रुईसम्म ३५ किलोमिटर सडक खन्ने । सम्बन्धित ठाउँको अध्ययन गर्ने भनेर मन्त्री, सचिवहरु हेलिकोप्टरमा सयर गरेर पनि फर्केका हुन् । तर तीन बर्ष बितिसक्यो, खै त सिलान्यास भएको ?
यसले जनतलाई नेताप्रति वितृष्ण जगाउने शिवाय अरु केही काम गर्दैन । अहिले प्रदेश सरकारका मन्त्री रामशरण बस्नेतले हामीले सोचेको जस्तो चाँडो काम नहुने रहेछ भन्छन् ।
अबका नागरिकहरु बहानाबाजीसँग सहमत हुदैनन् । काम गरेर देखाउनु पर्छ । नाम्रुङ, रुईला सडक चाँडो बनाएर देखाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्