| आइतवार, कार्तिक २२, २०८३

कृषिमा बैदेशिक लगानीको बिरोध

राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्य समिति गोरखाले कृषिमा बैदेशिक लगानीको बिरोध गरेको छ ।

मन्त्री परिषदको बैठकले ७५ प्रतिशत निर्यात गर्ने सर्त सहित कृषिमा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउँदा भुमिहिन, सिमान्तकृत, श्रमिक र साना किसानलाई असर पुग्ने भन्दै कृषक समुह महासंघले बिरोध जनाएको हो ।
जिल्ला अध्यक्ष अमृत श्रेष्ठले गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयलाई शुक्रवार ज्ञापन पत्र बुझाउँदै कृषिमा लगानी गर्न उत्साहित गर्नुको सट्टा निरुत्साहित गर्ने कार्यक्रम ल्याइएको बताए ।

उक्त निर्णय तत्काल फिर्ता लिन र साना किसानको अधिकार सुनिश्चितताको ग्यारेन्टी गर्न ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्रमा गोरखाका बिभिन्न कृषि समुहका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्