
गोल्ड स्टारको स्वरुम गोरखामा, पहिलो दिनमै एक सय ५० जोर जुत्ता चप्पल बिक्री
गोरखामा गोल्ड स्टार कम्पनीको जुत्ता चप्पल बिक्री केन्द्र शुक्रवार देखि संचालनमा आएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ चासिले चोकमा एलिजा न्यौपाने (अर्याल) ले पहिलो पटक स्वरुम संचालनमा ल्याएकी हुन् ।
नेपाली कम्पनी गोल्ड स्टारका जुत्ता चप्पल सस्तो र बलियो भएको प्रयोगकर्ताहरुले बताउने गरेका कारण लामो समय देखि लोकप्रिय छ । उक्त स्वरुमको शुक्रवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सहायक प्रजिअ देवी पाण्डे खत्रीले सुभारम्भ गरेका हुन् ।
स्वरुम संचालन भएको पहिलो दिन नै एक सय ५० जोर भन्दाबढि जुत्ता चप्पल बिक्री भएको छ ।





