
अबुवा कर्मसिंङ टोल बिकास संस्थाको साधारण सभा सम्पन्न
गोरखा नगरपालिका वडा नम्बर १३ को अबुवा कर्मसिंङ टोल बिकास संस्थाको पहिलो साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुजन गर्तौलाको अध्यक्षता र वडा अध्यक्ष हरिबहादुर खनालको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा अध्यक्ष सुजन गर्तौलाले संस्थाको प्रतिवेदन र प्रकाश पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चन्द्र बहादुर गर्तौला लाई जेष्ठ नागरिक समाजसेवी सम्मान प्रदान गरिएको छ । साधारण सभाले पुन दोस्रो कार्यकालका लागि सुजन गर्तौलालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ । समितिको उपाध्यक्षमा किसान उप्रेती, सचिब सुनिता शाह, कोषाध्यक्ष अनिल कैनी, सहसचिव प्रकास पाण्डे चयन भएका छन् । सदस्यहरुमा भिमकुमारी शाह, पुरुषोत्तम घिमिरे, शंकर कैनी रहेका छन् ।
सल्हारका समितिको संयोजक शान्तमणि कैनी,सद्स्यमा बलबहादुर पन्थ, ईश्वर पन्थ रहेका छन् ।
कार्यक्रममा वडा सदस्य ओमबहादुर दलार्मी, अन्य टोलका वृद्धिजिवी, समाजसेवी, महिला समुह, बन समुहका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । साधारण सभाले आउँदो दिनमा संस्थालाई सामाजिक कामप्रति प्रेरित गराउँदै अघि बढ्ने निर्णय गरेको छ ।




