
तेलको मनपरी मूल्यवृद्धि
तिहार लगत्तैदेखि बजारमा खानेतेलको मूल्य बढेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकायले चासो दिएको छैन ।
खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो डेढ महिनामा भटमास र सुर्यमूखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयबिन तेल १९० देखि ९५ रुपैयाँ पुगेको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्याइएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।
होलसेलमै मूल्य बढ्दा उपभोक्ता मूल्य भने पसलैपिच्छे फरक रहेको उपभोक्ताहरु बताउँछन् । डेढ महिनामा तेलको भाउ लिटरमा ५० रुपैयाँसम्मले बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।




