
हिमचुली सहकारीको कार्यालयमा अपाङ्गमैत्री बाटो निर्माण
गोरखा नगरपालिका वडा नम्बर ७ नयाँ बजारमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा अपाङ्गमैत्री बाटो ९¥याम्प निर्माण गरिएको छ ।
ह्यान्डीक्याप इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गोरखा नेत्रहिन संघ र एकीकरण नेपाल गोरखाको सहकार्य, गोरखा नगरपालिकाको प्राविधिक सहयोग, हिमचुली साकोसको साझेदारीमा उक्त बाटो निर्माण भएको हो ।
उक्त बाटो एक लाख ३१ हजार तीन सय ५१ रुपैयाँ लागतमा निर्माण भएको हो । निर्माण सम्पन्न बाटोको सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार सम्पन्न गरिएको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठले बताए ।
संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, सचिव सहदेवप्रसाद श्रेष्ठ, निर्माण उपसमितिका संयोजक सुशील अर्याल, सल्हाहकार दिलीप देवकोटा लगायतले धारणा राखेका थिए ।




