
गोरखा समाज फ्रान्सद्वारा कृत्रिम घाँसे मैदान निर्माणका लागि आर्थिक सहयोग
फुटबल खेलका लागि गोरखामा पहिलो पटक निर्माण हुन लागेको कृत्रिम घाँसे मैदानका लागि गोरखा समाज फ्रान्सले आर्थिक सहायता प्रदान गरेको छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङको द ओसन क्लवलाई सो घाँसेमैदान निर्माण कार्य सम्पन्न गर्न समाजले एक लाख एघार हजार चार सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरेको क्वलका अध्यक्ष अमित खत्रीले बताए ।
निर्माणर्ाधीन कृत्रिम घाँसे मैदानका लागि आर्थिक अभाव भएपछि क्लवले बिभिन्न ब्यक्ति संघ संस्था लगायत सँग सहयोगको याचना गरिरहेको थियो । उक्त मैदान निर्माण भएपछि फुटबल प्रशिक्षण, प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्न सहज हुने क्लवले जनाएको छ ।




