
गोरखाबाट सबैभन्दा धेरै कर तिर्ने साधना लघुवित्तलाई सम्मान
आर्थिक वर्ष २०७५\७६ मा सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै साधना लघुबित्त बित्तिय संस्था लिमिटेडलाई सम्मान गरिएको छ ।

गोरखा जिल्लाका करदाता मध्ये साधना लघुवित्तले सबैभन्दा बढि आयकर दाखिला गरेको भन्दै आन्तरिक राजस्व कार्यालय दमौलीले सम्मान गरेको हो । प्रमुख कर अधिकृत नारायण ढकाल र महानिर्देशक विनोद बहादुर कुँवरद्वारा हस्ताक्षरीत सम्मान पत्र नवौँ राष्ट्रिय कर दिबसको अवसर पारेर आईतवार प्रदान गरिएको हो ।
सम्मान पत्रले संस्थालाई थप जिम्मेवारी र उत्साहित बनाएको साधना लघुबित्तका प्रमखु कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । ‘यो हाम्रो लागि र सिङ्गो गोरखाबासीको लागि गौरबको कुरा हो’ उनले भने ।




