
सिद्धिगणेश सहकारीको अध्यक्षमा सरद कट्टेल चयन
सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट सरदबाबु कट्टेल अध्यक्षमा चयन भएका छन् ।
कोभिड १९ को प्रभावका बिच जुमबाट कात्तिक १६ गतेदेखि २२ गते सम्म गरिएको दशैँ साधारण सभा एवं अधिवेशनले कट्टेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
नयाँ चयन समितिको उपाध्यक्षमा श्रवण जोशी, सचिव काजिराम श्रेष्ठ, कोषाध्यक्ष विशाल राना रहेका छन् । नारायण खत्री, गोकर्ण राना, बसन्त बस्नेत, ज्ञानहरी अर्याल, भोला मरहट्टा सदस्यमा चयन भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णकुमार श्रेष्ठ र सदस्यहरुमा मानकाजी श्रेष्ठ, जनसिंह गुरुङ चयन भएको निर्वतनमा अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए ।
२०६७ सालमा गोरखा सदरमुकामको हरमटारी कार्यलय रहेर स्थापना भएको सहकारीमा अहिले १२ सय १३ जना सदस्य छन् । उक्त शहकारीमा शेयर पुँजी तीन करोड ५८ लाख रहेको छ ।
नव निर्वाचित अध्यक्ष कट्टेलले सहकारीको ऐन नियम अनुसार सेवा प्रवाहलाई बिस्तार गर्दै, सदस्यहरुलाई सहज सेवा दिने योजना रहेको बताए ।




