| आइतवार, कार्तिक २२, २०८३

धार्चेमा कफि खेतीबारे छलफल

धार्चे गाउँपालिकामा कफि कृषकहरुसँग अन्र्तक्रिया एवं गोष्ठी भएको छ ।

खेति शक्ति कफि प्रालीको आयोजना, तथा धार्चे गाउँपालिकाको समन्व्यनमा कफि खेतिको महत्व, सम्भावना, खेति गर्ने तरिका र बजारका बारेमा जानकारी गरिएको हो ।
कार्यक्रममा उक्त गाउँपालिकाको सात वटै वडाका गरी ८५ जना कृषकको सहभागीता रहेका थियो ।

धार्चे गाउँपालिकामा ४ सय रोपनी क्षेत्रफलमा कफि खेतिगर्ने तयारी छ । खेति शक्ति कफि प्रालीले किसानलाई विरुवा, प्राविधिक सहयोग, तारबारलाई लगायत सहयोग र कफि उत्पादन पछि खरिद समेत गरिदिने बताएको छ ।


विभिन्न कृषि सहकारी दर्ता गरी किसानलाई व्यवसायीक कफि खेति तर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चिया तथा कफि बिकास बोडका पूर्व निर्देशक नरबहादुर अम्गाईले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्