
गोरखा समाज हङकङद्वारा अजिरकोटका पहिरो पिडितलाई सहयोग
गोरखा समाज हङकङले अजिरकोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । पहिरोले घरवार बिहिन भएका अजिरकोट १ साउनेपानीका पाँच घरधुरीलाई अजिरकोट गाउँपालिका ३ का सुर्यप्रसाद गुरुङ र इश्वर गुरुङको समन्वयमा प्रदान गरिएको अजिरकोट गाउँ कार्यपालिका सदस्य कृष्णबहादुर घलेले बताए ।
पिडित परिवारलाई घरमै पुगेरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गरिब सँग विषेश्वर कार्यक्रम गोरखा जिल्ला समन्यकर्ता ओम गुरुङले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
घर, खेत बारी समेत पहिरोले लगेपछि पाँच घरपरिवारलाई गुजारा चलाउन निकै सकस भएको छ । त्यहाँका पहिरो पिडितलाई यस अघि जिल्ला दैविप्रकोप उद्धार समितिले पनि आर्थिक सहयोग गरेको थियो ।




