| आइतवार, कार्तिक २२, २०८३

व्यापारी, व्यवसायीलाई उठिबास नलगाउन वैँक तथा वित्तीय संस्थालाई संघको आग्रह

दरौँदी समाचारदाताः गोरखा उद्योग वाणिज्य संघले उद्योगी, व्यापारीहरुलाई मर्का पर्ने गरी चर्को व्याज असुल गर्न तथा किस्ता तिर्न दबाब नदिन वैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । सोमबार सार्वजनिक अपिल जारी गर्दै संघले बन्दाबन्दीको अवधिलाई सुन्य अवधि मानी बैंक ब्याजमा भारी छुट दिन वैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो ।

‘वैक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याजमा भारी छुट दिन आग्रह गरिन्छ’, सो अपिलमा भनिएको छ, ‘ऋणको किस्तालाई असार महिनादेखि किस्ता तिर्ने व्यवस्था गर्ने, ब्याज रकमलाई साँवामा परिणत नगरी बैंकसंग ऋण लिई व्यवसाय गर्ने व्यवसायीहरुलाई अनावश्यक रुपमा दबाब सिर्जना नगरिदिनु हुन अनुरोध गरिन्छ ।’ यस अघि सरकारले पनि बैङ्क तथा वित्तिय संस्थालाई लकडाउन अबधिको ब्याज नलिन आग्रह गरेको थयो ।

प्रतिक्रिया दिनुहोस्