
लकडाउनका कारण कामबिहिन भएका एक भरियालाई आर्थिक सहायता
गोरखा बजारमा भारी बोकेर जीवन गुजारा चलाइरहेका गोपी नेपालीलाई बेलायत बस्ने एक गोरखालीले आर्थिक सहायता प्रदान गरेका छन् ।
कोरोना र त्यसपछिको लकडाउनका कारण भारी बोक्न नपाएर परिबार पाल्न कठिन भएका नेपालीलाई गोरखा नगरपालिका ६ ठूलोआँगन घर भई हाल लण्डन निबासी नृपेश श्रेष्ठले घरखर्चबापत ३० हजार रुपैयाँ पठाएका हुन् ।
सो रकम मंगलबार बिहान स्थानीय अमला तिमिल्सिनाले गोपी नेपालीलाई हस्तान्तरण गरेकी छन् ।
गोरखा बजारका एक इमान्दार भरिया गोपी नेपाली काम बिहिन भएपछिको समस्या बारे प्रकाशित दरौंदी अनलाइनको समाचार पढेपछि श्रेष्ठले सहायता रकम पठाएका अमिर तिमिल्सिनाले जानकारी दिए ।




