
अजिरकोट गाउँपालिकाद्वारा प्रहरीलाई दुईवटा मोटरसाईकल सहयोग
गोरखाको अजिरकोट गाउँपालिकाले दुईवटा मोटरसाईकल प्रहरीलाई सहयोग गरेको छ । गाउँपालिकाको बालुवा र चनौटे चौकीमा रहेका प्रहरीलाई पालिका भित्रका गाउँबस्तीमा गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मोटरसाईकल दिइएको गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालले बताए । ‘चौकी थोरै छ, प्रहरी थोरै छन्, वडा र गाउँ टोलमा पुग्न समस्या भएको छ, मोटरसाईकल दिएपछि केही सजिलो हुने अपेक्षा गरेका छौँ’ सोमवार जिल्ला प्रहरी कार्यालयमा मोटरसाईकल हस्तान्तरण गर्दै उनले भने ।
प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीलाई दुई थान पल्सर मोटरसाईकल अध्यक्ष धितालले हस्तान्तरण गरेका हुन् । ती दुबै चौकीमा मोटरसाईकल थिएन । गाउँपालिकाले मोटरसाईकलको कागजात केही दिन भित्रै उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीले बताए । मोटरसाईकल पाएपछि प्रहरीलाई शान्ति सुरक्षा काय राख्न, अहिले कारोना माहामारी र त्रासका बेला छिटो र सहज रुपमा काम गर्न मद्धत पुग्ने भन्दै एसपी ओमप्रसाद अधिकारीले पालिकाको सहयोगको प्रशंसा गरे । साथै उनले उक्त मोटरसाईकल तत्काल चौकी पठाउने बताए ।




