| शनिबार, बैशाख ८, २०८१

जाल्पा लघुबित्तद्धारा गाेरखाका ६ स्थानिय तहलाई रकम हस्तान्तरण

दरौँदी समाचारदाता  : जाल्पा लघुबित्तीय संस्था लिमिटेडले गाेरखाका छ ओटा स्थानीय तहलाई १०/१० हजार रकम हस्तान्तरण गरेको छ । विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस राेकथाम तथा न्युनिकरणका लागि उक्त संस्थाले छ स्थानीय सरकारको काेराेना काेषमा सहयोग रकम प्रदान गरेको हो।

केन्द्रिय कार्यालय पाेखरा रहेको उक्त लघुबित्तकाे हाल १० जिल्लामा ३० अाेटा शाखा स्थापना गरि सेवा सुचारु गरिरहेको छ। ‘विभिन्न १० जिल्लामा रहेका ३० अाेटै शाखा कार्यालयबाट प्रत्यक स्थानीय सरकारलाई काेराेना भाइरस नियन्त्रण तथा त्यसबाट प्रभावित बर्गलाई राहत वितरण गर्नका लागि १०/१० हजार सहयोग रकम हस्तान्तरण गरेका छाैँ’ जाल्पा लघुवित्त शाखा कार्यालय भिमसेन (घ्याम्पेशाल) का शाखा प्रबन्धक अन्जन भट्टले भने, ‘हामीले गाेरखाकाे गाेरखा र पालुङटार नगरपालिका, भीमसेन थापा, सिनान्चाेक र शहिदलखन, अजिरकाेट गाउँपालिका गरि छ अाेटा स्थानीय तहलाई उक्त राहत रकम वितरण गरिसकेका छाैँ ।’

भट्टले काेराेना भाइरसबाट राेकथाम तथा नियन्त्रणका उपाय अपनाएर अाफु बाच्न र अरुलाई पनि बचाउन संस्थाका सम्पुर्ण सदस्यहरु अाग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्