| आइतवार, कार्तिक २२, २०८३

यार्सा

यार्सागुम्बा संकलन गर्न नदिने निर्णय

 

जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रले हिमाली तथा उच्च पहाडी भेगमा पाइने जडिबुटी संकलन गर्न निषेध गर्ने निर्णय गरेको छ ।

समूहमा मिलेर संकलन गरिने हुँदा तत्कालका लागि यार्सागुम्बा लगायतका जडिबुटी संकलनका लागि अनुमति नदिने निर्णय गरेको हो ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न देशमा जारी लकडाउनका समयमा यस जिल्लाको मनास्लु क्षेत्रमा बार्षिक रुपमा संकलन गरिदै आएको यार्सागुम्बा संकलन कार्य स्वास्थ्य तथा सुरक्षा अबस्थालाई ध्यानमा राखी हालको परिवेशनमा नगर्न नगराउन सम्बन्धित पक्षलाई जानकारी गराउने निर्णय भएको छ’, निर्णय पुस्तिकामा भनिएको छ, ‘यस बिषयमा सहयोग गर्न चुमनुब्री गाउँपालिकालाई अनुरोध गर्ने र निर्णय बिपरीत कसैले सो जडिबुटी संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाह गर्ने निर्णय गरिएको छ ।’

चुमनुब्री गाउँपालिकाको वडा नं. १, २, ३ र वडा नं. ७ तथा धार्चे गाउँपालिकाको वडा नं. ३ का लेक, खर्क र पाटनहरुमा बिगत बर्षहरुमा यो सिजनमा यार्सागुम्बा संकलन गरिने गरिन्थ्यो । यसबर्ष भने अहिलेसम्म संकलन नगरिएको वडाअध्यक्षहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्