
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले आफ्ना ब्यबसायीलाई राहत दिने
पृथ्वीराजमार्ग बस संचालक कम्पनीले ब्यवशायीहरुलाई राहत बितरण गर्ने भएको छ ।
लगातारको लकडाउनका कारण यात्रुबाहक सवारी साधन नचलेपछि कम्पनीले हरेक सदस्यको खातामा १५ हजार रुपैयाँ राखिदिन लागेको हो ।
कम्पनी अन्र्तगत गोरखामा ८४ जना सदस्य छन् भने जम्मा अन्य जिल्लामा सहित एक हजार चार सय जना सदस्य रहेका छन् ।
शुक्रबार सबैको खातामा रकम जम्मा हुने समितिका गोरखास्थित कार्यालय प्रमुख राजन ढुङ्गानाले जानकारी दिए ।




