| शुक्रबार, जेष्ठ २३, २०७७

एकिकरण नेपालद्वारा गोरखा नगरपालिकालाई २५ हजार सहयोग

गोरखा नगरपालिका ११ स्थित तेह«ो किलोमा कार्यालय रहेको एकिकरण नेपालले गोरखा नगरपालिकालाई २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका कार्यकारी निर्देशक हरि देबकोटाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले संचालन गरेको बिपद् ब्यवस्थापन कोषमा उक्त रकम संस्थाको तर्फबाट जम्मा गरिदिने बताए । ‘उक्त अभियानमा साथ दिन एकिकरण नेपालको तर्फबाट २५ हजार सहयोगको प्रतिवद्धता ब्यक्त गर्दछु’ कार्यकारी निर्देशक देबकोटाले लेखेका छन् ।
गोरखा नगरपालिकाकाले सहयोग गर्न चाहने संघ संस्था र ब्यक्तीलाई एकद्वार प्रणालीबाट सहयोग गर्न अनुरोध गर्दै जिन्सी तथा नगद सहयोग नगरपालिकामा मार्फत गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्