| शुक्रबार, जेष्ठ २३, २०७७

मानव सेवा आश्रम र गुरुकुललाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका ६ पाटेचौर बस्दै आएका काजिराम थापाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरसको त्रासका कारण दुई साता सम्म लकडाउन भएपछि सामुयिक रुपमा बस्दै आएका आश्रमका बालवालिकालाई खानाको समस्या भएको बुझेपछि करिब १० हजार बराबरको खाद्यान्न सहयोग गरेको थापाले बताए ।
उनले गुरुकुलका विद्यार्थीका लागि करिब तीन हजार बराबरको खाद्यान्न दिएका हुन् । ‘खान नपाएर कोही कसैलाई समस्या नहोस भनेर मैले सकेको सहयोग गरेँ’ उनले भने ‘एकले अर्कोलाई सहयोग गर्ने समय भएको छ ।’ सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे स्थायी घर भएका थापा माल्दिभ्समा काम गर्छन ।

प्रतिक्रिया दिनुहोस्