| आइतवार, बैशाख १४, २०८२

यातायात व्यवसायी सिण्डिकेट विरुद्ध सरकारसँग वार्ता गर्न तयार

यातायात व्यवसायी सिण्डिकेट विरुद्ध सरकारसँग वार्ता गर्न तयार

सरकारले सिण्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन्।

यातायात व्यवसायीहरूको छाता संगठनहरू गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन्।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरू सुधार गर्न आफूहरू तयार रहेको बताउँदै व्यवसायीहरूले सरकारसँग वार्तामा बस्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्