| आइतवार, कार्तिक २२, २०८३

गोरखाका सुनचाँदी ब्यवशायीद्धारा गौतम बुद्ध रङ्गशाला निर्माणमा सहयोग

दरौँदी समाचारदाता ः सुनचाँदी ब्यवशायी संघ गोरखामा आवद्ध ब्यवशायीहरुले शनिवार दिनभर गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला चितवनमा ढुङ्गा बोके । धुर्मु सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको मैदानमा गोरखादेखि गएर २० जना भन्दाबढि ब्यवशायीले दिनभरी निर्माणाधिन मैदानमा श्रमदान गरेका हुन् ।


श्रमदान सँगै सुनचाँदी ब्यवशायी संघ गोरखाले रङ्गशाला निर्माणका लागि ५१ हजार पाँच सय पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको पूर्व अध्यक्ष कृष्ण सुनारले बताए । संघले आउँदा दिन पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ । यस अघि पनि संघले बिभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएको अध्यक्ष पर्व विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्