| आइतवार, माघ ५, २०७६

बारपाक सुलिकोटको सबै वडाका उपभोक्ता समितिलाई अभिमुखिकरण

दरौँदी समाचारदाता ः चालु वर्ष गाउँपालिकाले सम्पन्न गर्ने योजनाको प्रभावकारी कार्यन्वयन गराउन बारपाक सुलिकोट गाउँपालिकाले सबै वडाका उपभोक्ता समितिलाई तालिम दिएको छ । योजना सम्झौता गर्नु अघि वडा स्तरमा पुगेर उपभोक्ता समितिलाई तालिम दिइएको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए ।
सोमवार वडा नम्बर १ र २ बारपाकमा उपभोक्ता समितिलाई तालिम दिइएको हो । तालिममा गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, अधिकृत इश्वरी सुवेदी लगायतले सहजिकरण गरेका थिए । योजना सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, प्रक्रिया, सम्झौता, कामको चरण, भुक्तानी प्रक्रिया लगायतका बारेमा तालिममा जानकारी गराइएको थियो ।

सबै वडामा उपभोक्ता समितिलाई अभिमुखिकरण सकिएपछि चालु वर्षको योजनाको काम तिब्र गतीमा अघि बढ्ने प्रशासकिय अधिकृत भण्डारीले बताए । अभिमुखिकरण सँगै बारपाकमा चालु वर्ष गाउँपालिकाले सञ्चालन गर्ने योजनाको सम्झौता समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्