
साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति
गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था स्थापना भएको दुईबर्षमै राष्ट्रियस्तरको लघुवित्तीय संस्थामा स्तरोन्नति भएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार पत्राचार गरी नेपालभर कार्यक्षेत्र बनाएर काम गर्न स्तरोन्नति भएको लघुवित्तले जनाएको छ । नेपालभर कार्यक्षेत्र बनाएर काम गर्न वित्तीय कारोवार सञ्चालन अनुमति पत्र प्राप्त भएको साधना लघुवित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।
साधना लघुवित्त वित्तीय संस्थाले २०७४ कात्तिक २२ गतेदेखि गोरखामा प्रधान कार्यालय स्थापना गरी कारोबार सुरु गरेको थियो । त्यतिबेला नेपाल राष्टू बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरेको थियो । केही समय अघि साधना आर्थिक समृद्धी नामको लघुबित्त सँग मर्ज भएको थियो ।
साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखान गरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । हाल संस्थाको कुल निक्षेप रु ४० करोड रहेको छ भने कुल लगानी एक अर्व ४५ करोड, रहेको छ । संस्थाको शाखा संख्या कुल ४७, सदस्य संख्या ३८,००० रहेको संस्थाले जनाएको छ । वित्तीय संस्थाको हालको चुक्तापूँजी रु १४ करोड ७० लाख रहेको छ भने सर्वसाधारण शेयर जारीपछि संस्थाको चुक्तापूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले बताए ।




