
साधना लघुवित्त वितीय संस्थाद्वारा मानवसेवामा भोजन
साधना लघुवित्त वितीय संस्था लिमिटेडले दोस्रो बार्षिक उत्सवको अवसरमा बुधवार मानवसेवा आश्रममा विशेष भोजन गराएको छ ।
मानवसेवा आश्रम रहेका बालवालिकाहरुलाई संस्थाले उक्त भोजमा सरिक गराएको थियो । कार्यक्रममा उक्त संस्थाका रेशम न्यौपाने ,सरिता ढकाल ,राम प्रसाद लामिछाने ,किरण श्रेष्ठ ,मधु घर्ती ,टकप्रसाद शिवाकोटी ,विवेक कुमार न्यौपाने ,चिरञ्जीवी चापागाईं र सन्जिता श्रेष्ठज्युको उपस्थिती रहेको थियो ।
नेपालको सडकपेटी र सार्वजनिक स्थलहरुमा कोहि पनि मानवहरु एक छाक खाना र एक सरो नानाको अभावमा कष्टकर जीवन बिताउन नपरोस् भन्ने उदेश्यका साथ स्थापना भएको मानवसेवा आश्रम दुई वर्ष यता गोरखामा पनि संचालित छ ।




