| बिहिबार, बैशाख १३, २०८१

गोरखकाली सहकारीको अध्यक्षमा सुजन

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तथा १५ औ अधिवेशनले सुजन कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा ताराकुमारी बस्न्यात, सचिव देवेन्द्र बस्नेत, सह सचिव गंगा बस्न्यात रहेका छन् । समितिको सदस्यमा भिमसेन कुवँर, देबसिंह बस्न्यात, गणेश थापा, कपिल नेपाली, योजना थापा र कल्पना परीयार रहेका छन् ।

सोही कार्यक्रममा शशिकला थापा संयोजकत्वमा नर बहादुर सिर्मल सदस्य रहनेगरि लेखा समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्